पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
३० जेठ, स्याङ्जा । पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । गएरातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको प्रहरीले जनाएको छ ।
राति २ बजे ठुलो चट्टानसहित आएको पहिरोको कारण राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति : June 13, 2021 at 9:35 am





