आपराधिक अभिव्यक्ति दिने कांग्रेस सांसद वैद्यलाई कारबाही गर्न गृहमन्त्रीको ध्यनाकर्षण
२९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेस वागमती प्रदेशका सांसद नरोत्तम वैद्यलाई कारवाहीको माग गर्दै सत्तारुढ दल नेकपा एमालेका १० संगठनले गृहमन्त्र खगराज अधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।
आज संगठनका नेतृत्वको संयुक्त छलफल पश्चात तत्तकाल कानुनी कारवाहीको माग गर्दै सिंहदरवारमा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका संयोजक ऐन महरले भन्नुभयो, ‘नरोत्तम बैध्य उर्फ नाथुराम गोट्सेलाई कारबाहिको माग गर्दै नेकपा एमाले सम्बद्ध जनबर्गिय संगठनहरुद्धारा संयुक्त रूपमा आज माननीय गृहमन्त्री खगराज अधिकारी ज्युलाई ज्ञापनपत्र बुझाएका छौं ।’
कांग्रेस सांसद बैद्यले हिजो प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रमको विषयमा भइरहेको छलफलको क्रममा रोष्टममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की दिनुभएको थियो ।

प्रकाशित मिति : June 12, 2021 at 10:53 pm





