७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

दीपक मनाङे नेपाली कांग्रेस प्रवेश गर्ने, गणेश लामाले स्वागत गर्ने

२९ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशका प्रदेशसभाका स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेपाली का‌ंग्रेस प्रवेश गर्ने हुनुभएको छ । ईउहाँको कांग्रेस प्रवेशको तयारी समेत भएको छ ।

केही दिनमै कांग्रेसमा औपचारिक रूपमा स्वागत गर्ने तयारी भैरहेको कांग्रेस स्रोतले जनाएको छ । मनाङेको कांग्रेस प्रवेशको सबै चाँजोपाँजो मिलाउने भने कांभ्रेका अर्का नेता समेत रहेका डन गणेश लामा रहनुभएको छ ।

विगतमा दुबै डन भए पनि अहिले राजनीतिमा रहनुभएको छ । लामा आफ्ना नेता विजय गच्छदार फरार सूचीमा रहेर लुकेर हिड्नुपर्ने अवस्थामा परेपछि अभिभावक बिहीन हुनुभएको थियो ।

गुरूङले कांग्रेसमा जनजाति कोटामा केन्द्रीय सदस्य नै पाउने स्रोतले जनाएको छ । लामा मनाङेलाइ एमालेको संयन्त्रबाट छुटाउनका लागि कास्की पुगेको समयमा पक्राउ पर्नुभएको थियो ।

प्रकाशित मिति : June 12, 2021 at 10:16 pm