गण्डकीमा कांग्रेसको सरकार बनेकै दिन अल्पमतमा ! जसपाकी धनमायाले मत नदिने
२९ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको सरकार बनेकै दिन अल्पमतको बाटो सुरू भएको छ । भागण्डा नमिलेपछि जनता समाजवादी पार्टी संसदीय दल गण्डकीकी सचेतक धनमाया लामा पोखरेलले सरकारलाई साथ नदिने चेतावनी दिनुभएको छ ।
पूर्व सहमति अनुसार दलका २ जना सांसदले एकसाथ शपथ नखुवाइ हरिशरण आचार्यलाई मात्र शपथ गराएपछि सरकारलाई मत नदिने चेतावनी उहाँले दिनुभएको हो । कांग्रेस नेतृत्वको गठबन्धनमा जान आफूहरुले २ जना सांसद नै मन्त्री बन्ने सहमति गरेपनि अहिले आएर सहमति तोडिएको बताउनुभयो ।
लिखित सम्झौता नभएसम्म जनता समाजवादी सरकारमा नजाने उहाँले बताउनुभयो । प्रदेश कमिटीको बैठकले आज गरेको निर्णय पनि त्यही रहेको उहाँले बताउनुभयो । ‘हाम्रो आजको जुम मिटिङको पनि निर्णय त्यही थियो, २ जना नै जानुपर्छ भन्ने, पार्टीको निर्णय विपरित हरिशरण माननीय जानुभयो, मेरो साथ रहन्नँ,’ लामाले भन्नुभयो ।
प्रकाशित मिति : June 12, 2021 at 9:28 pm





