७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गण्डकी प्रदेशका चार मन्त्रीले सपथ लिए, भागवण्डा नमिल्दा सबै विनाविभागिय

२९ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ मन्त्रीले शपथ लिनुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

शपथ लिनेमा मुख्यमन्त्री पोखरेल, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । भागवण्डा नमिलेकाले उहाँहरू सबै विनाविभागीय  मन्त्री हुनुभएको छ ।

प्रकाशित मिति : June 12, 2021 at 8:40 pm