कांग्रेस सांसद वैद्यलाई रमेश पाैडेलको प्रश्नः तपाईंलाई हामी युवाले किन कार्वाही नगर्ने ?
२८ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको हत्याको धम्की दिने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यको चर्को आलोचना भैरहेको छ । यही विषयमा नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले वैद्यलाई किन कारबाही नगर्ने भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘नेपाली काग्रेसका बागमती प्रदेश सभाका सदस्य नरोतम् बैध होसमै थिए भने यस्तो भन्ने थिएनन् ।देशको कार्यकारी प्रमुखमाथि बैधको अभिव्यक्ति गैरराजनीतिक र फौजदारि अभियोग लगाउन पर्ने देखिन्छ । यस्को विरोध गरौ कुसित सोचलाई समाजबाट वहिस्कार गरौ । बैधजी हेक्का होस स्यालले बाघको शिकार कहि गरेको थाहा छैन ।’
उहाँले अघि भन्नुभएको छ ‘नाथुराम गोट्से बनेर केपी ओली सिध्याउन उद्घोष गर्ने तपाईंलाई हामी युवाले किन कार्वाही नगर्ने ? राष्ट्रवादी राजनेता केपी ओलीको रक्षार्थ हामी लाखौं युवा समाप्त हुन तयार छौ । हेक्का होस । यसका बारेमा काग्रेसको धारणा के हो प्रस्ट गरोस ।’
प्रकाशित मिति : 22:58









