भारतीय सीमामा सके ठूलो पर्खाल लगाऔँ नभए तारबार लगाऔँः सांसद हाङगाम
२८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं प्रदेश नम्बर एकको प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले भारतीय सीमा क्षेत्रमा ठूलो तारबार र पर्खाल लगाउनुपर्ने बताउनुभएको छ । प्रदेश-१ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उहाँले भनुभयो, ‘‘हामी देश मिच्यो भन्छौ। लिम्पियाधुरा मिचेको कुरा पाहोर पनि चलायौँ । हाम्रो प्रदेश पनि सीमानामै पर्छ, ठूलो पर्खाल लगाउन नसकेपनि एउटा तारबार चाँहि सीमानामा राख्नुपर्छ ।’ यसअघि उहाँले सीमा मिच्नेलाई लखेट्नुपर्छ भन्दै गत वर्ष अभिव्यक्ति दिनुभएको थियो ।
प्रकाशित मिति : June 11, 2021 at 5:53 pm





