काेराेना अपडेटः थप ३७५० जनामा संक्रमण पुष्टि, ५२२५ संक्रमणमुक्त, थप ६७ जनाको मृत्यु
२८ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ३७५० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । देशकाे विभिन्न प्रयाेगशालामा ९५९८ जनाको पीसीआर परीक्षण गर्दा २७०९ जनामा र ५५८४ जनाको एन्टिजेन परीक्षण गर्दा १०४१ जना गरी ३७५० जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५२२५ जना संक्रमणमुक्त भएका छन । यही अवधिमा काेराेना संक्रमणका कारण थप ६७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : June 11, 2021 at 5:03 pm





