७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कांग्रेसको चेतावनीपछि दुई हजार जरिवाना तिरेर छुटे डन गणेश लामा

२८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसको चेतावनीपछि डन समेत रहेका कांग्रेस नेता गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन । प्रहरीले निषेधाज्ञा उल्लङ्घनको आरोपमा बिहीबार पोखराबाट पक्राउ गरेको थियो । लामालाइ अबदेखि निषेधाज्ञा उल्लङ्घन नगर्ने सर्तमा जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लामासँगै चन्द्र लामा र रमेश खड्कासँग पनि जनही दुई हजार जरिवाना तिराएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 11, 2021 at 4:00 pm