शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ, अस्पताल भर्ना
२८ जेठ, काठमाडाैँ । वाङ्मय शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ हुनुभएको छ । छाती दुखेपछि बुधवार दिउँसो उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ । उहाँको स्वास्थ्य खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन । जोशीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको र केहीदिन चिकित्सको निगरानीमा राखेर घर पठाउने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : June 11, 2021 at 3:47 pm





