रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
२८ जेठ, किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उहाँको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।
अत्यधिक रक्तस्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको हो । सुत्केरीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको थापाथली प्रसूति गृहमा सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति : June 11, 2021 at 12:40 pm





