७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काेराेना अपडेटः २४ घण्टामा थपिए ३७४९ संक्रमित, ५२९३ संक्रमणमुक्त, ५९ जनाको मृत्यु

२७ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप ३७४९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९९०१ जनाको पीसीआर परीक्षण गर्दा २८७४ र ५३३७ जनाकाे एन्टिजेन परीक्षण गर्दा ८७५ जना गरी ३७४९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। यस्तै पछिल्लो २४ घण्टामा ५२९३ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा काेराेना संक्रमणका कारण ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ ।

प्रकाशित मिति : June 10, 2021 at 5:27 pm