७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन

२७ जेठ, दमौली । मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुनुहुन्थ्यो ।

बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताउनुभएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,” पारिवारिक स्रोतले भन्यो ।

प्रकाशित मिति : June 10, 2021 at 1:25 pm