बृद्ध भत्ताको ५३ लाख चोरीको विषयमा हितबहादुरले मुख खोले
२७ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं नुवाकोट क्षेत्र नम्बर १ का पूर्व संसद हितबहादुर तामाङले बृद्ध भत्ताको ५३ लाख चोरिएको विषयमा मुख खोल्नुभएको छ । उहाँले दैनिकीमा जेठ २६ गते बुधबार बृद्ध भत्ताको रकम चोरीमा गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतकै मिलोमतो देखिएको भन्ने समाचार प्रकाशन गरेको थियो ।
दैनिकीको समाचारपछि भत्ताको रकम चोरीमा प्रत्यक्ष संलग्न प्रशासकीय अधिकृत र अप्रत्यक्ष रूपमा संलग्न हुनुभएका गाउँपालिका अध्यक्ष रमेश तामाङको बचाउ गर्दै तामाङले दोषीको पहिचान गरी कारबाही गर्न माग गर्नुभएको छ । उहाँले समाचारलाइ राजनीतिकरणको उपमा दिँदैचोरीको अतिरञ्जना गर्न खोज्नुभएको छ ।
उहाँले बृद्ध भत्ता चोरी हुनु र सम्बन्धित वडाका बृद्धर बृद्धा एवम् सुचिकृत ब्यक्तिहरुले समयमै रकम पाउन नसक्नु आफैमा दुख लाग्दो कुरा भएको बताउदै सम्बन्धित सुरक्षा निकायहरुले लामो समय लिई अनुसन्धान गर्दागर्दै पनि घटनाको सत्य तथ्य सार्वजनिक गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रकाशित मिति : June 10, 2021 at 12:54 pm





