जनमोर्चा सांसद थापाविरूद्धको निवेदन न्यायाधीशद्धय चुडाल र मल्लको इजलाशमा
२७ जेठ, काठमाडौँ । जनमोर्चा सांसद कृष्ण थापाविरूद्धको निवेदन न्यायाधीशद्धय कुमार चुडाल र सपना प्रधान मल्लको इजलाशमा परेको छ । गण्डकी प्रदेशका सभामुख मायानाथ अधिकारी र जनमोर्चाकी सांसद प्यारी थापाले सांसद थापाको विरूद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सर्वोच्चले गण्डकी प्रदेशसभा सदस्य थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएपछि उक्त आदेश आरेजीको माग गर्दै अधिकारी र थापा सर्वोच्च पुग्नुभएको हो । सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए। सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो।
प्रकाशित मिति : June 10, 2021 at 10:52 am





