७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नुवाकोटको घ्याङ्गफेदीबाट रक्तश्राब नरोकिएकी सुत्केरीको सेनाको हेलिकप्टर मार्फत उद्धार

२६ जेठ, काठमाडाैँ । नुवाकोटको घ्याङ्गफेदीबाट रक्तश्राब नरोकिएकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिकाको पहलमा सुत्केरीको बुधबार दिउँसो उद्धार गरिएको हो ।

दुप्चेश्वर गाउँपालिकाका प्रमुख योविन्द्रसिंह तामाङका अनुसार  गाउँपालिकाको वडा नम्बर १ घ्याङ्गफेदीकी २० वर्षीय लीला तामाङको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले रास्ट्रपति महिला उत्थान कार्यक्रमको निशुल्क हवाई उद्दारमा सुत्केरीको उद्धार गरिएको जानकारी दिनुभयो ।

तामाङकोको राजधानीको थापाथली अस्पतालमा उपचार भैरहेको छ । गाउँमा स्वास्थ्यकर्मीले रक्तश्राव रोक्नका लागि अनेक प्रायस गर्दा पनि सफल नभएपछि हवाइ उद्धार गरिएको जनाइएको छ । यहाँ यसरी सरकारले निशुल्क हवाइ उद्धार गरेर ज्यान जोगाउने दोस्रो महिला हुनुभएको छ ।

प्रकाशित मिति : June 9, 2021 at 6:48 pm