७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काेराेना अपडेटः ४३४४ मा कोरोना संक्रमण, ५७६८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु

२६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : June 9, 2021 at 4:53 pm