७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कांग्रेस नेता त्रिपाठीले संवैधानिक इजलाशमा प्रहरीको कुर्सी कब्जा गरेपछि

२६ जेठ, काठमाडाैँ । संवैधानिक इजलासमा नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफ्नो हैसियत विर्सदा सुरक्षाकर्मीले निकाल्नुपरेको छ । आजको ब्रेकपछि सुरु भएको संवैधानिक इजलासमा त्रिपाठी इजलासको अघिल्लो लहरको कुर्सीमा बस्न पुगेपछि केहीबेर सुरक्षाकर्मीसँग भनाभन नै परेको थियो ।

प्रायः हरेक विषयमा सरकारका विरुद्ध रिट दायर गरेर चर्चामा आइरहने त्रिपाठी सुरक्षाकर्मी बस्ने कुर्सीमा बस्न पुगेपछि सुरक्षाकर्मीले उठाउन खोज्दा भनाभन भएको थियो । उक्त घटनापछि कर्मचारी आएर उहाँलाई उक्त कुर्सी छाड्न आग्रह गरेपछि झोला छाडेर हिँड्नुभएको हो । सुरक्षाकर्मीले हटाउँदा न्यायाधीश भने इजलासमा आइसक्नुभएको थिएन । त्यसपछि कुर्सी व्यवस्थापन गरेर पछिल्तिर राखिएको भएपनि उहाँ महान्यायाधिवक्ताको लहरमा गएर बस्न समेत खोज्नुभएको थियो ।

प्रकाशित मिति : June 9, 2021 at 4:31 pm