प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि पेशी, दुई न्यायाधीशले इजलाशमै राय दिने
२६ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि पेशी तोकिएको छ । संवैधानिक इजलासको आज पेशीमा दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको थियो । विवाद भएपछि इजलास सोमबार र मंगलबार बस्नै सकेको थिएन ।
सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने र इजलाश अघि बढाउने तयारी गरेका छन । उनीहरु इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्नेछ । यद्यपी सरकारी पक्षका वकिलहरू पुन प्रश्न उठाए के हुन्छ भन्ने अन्योलता कायमै छ । तर उनीहरुले इजलासमा नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मुद्दामा सुनुवाइ फेरि लम्बिने छ ।

प्रकाशित मिति : June 9, 2021 at 11:21 am





