७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

मैले कुनै पत्रकारलाई धम्की दिएको छैनः निवर्तमान मन्त्री आले

२५ जेठ, काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले आज एक विज्ञप्ति प्रकासित गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकासित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रिकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागि परेको र अबका दिनमा पनि सहयोग गरी रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ – बिना कारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।

प्रकाशित मिति : June 8, 2021 at 4:01 pm