सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
२५ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएकाे छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको पक्षमा बहुमत पुगेको हो । मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मत प्राप्त भएकाे छ ।
एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले भने मतदानमा भाग लिएन । बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : June 8, 2021 at 12:32 pm





