७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

जर्मनीले नेपाललाई दियो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

२५ जेठ, काठमाडाैँ । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुगेको छ।

विमान स्थलमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे थियाे । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गर्नुभएकाे छ ।

प्रकाशित मिति : June 8, 2021 at 12:18 pm