७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोरोना कहरबाट नेपालीलाई मुक्त गर्ने मेरो प्राथमिकता हो : स्वास्थ्यमन्त्री तामाङ

२४ जेठ, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताउनुभएकाे छ । उहाँले सोमबार आयोजित पत्रकार सम्मेलनमा आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताउनुभयाे । उहाँले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि जानकारी दिनुभयाे ।

कोरोना भाइरससँग लड्न खोपको व्यवस्थापन सबैभन्दा पहिलो कुरा रहेको मन्त्री तामाङले बताउनुभयाे । ‘आमनागरिकलाई खोपको सुनिश्चितता गर्न बजेट छुट्याएरै खोपको व्यवस्थापनको तयारीमा लागेका छौं,’ उहाँले भन्नुभयाे, ‘खोप प्राप्त नहुँदासम्म सुरक्षित बसिदिनुहोला, सुरक्षाका मापदण्ड अपनाइदिन आग्रह गर्दछु । हामी खोपको व्यवस्था मिलाउँदैछौं ।’ धेरैभन्दा धेरै नागरिकको कोरोना जाँच गरेर अन्य नागरिकतालाई संक्रमण नहोस् भन्नेमा सरकारको प्रत्यक्ष संलग्नता रहने मन्त्री तामाङले बताउनुभयाे ।

प्रकाशित मिति : June 7, 2021 at 3:31 pm