काेराेना अपडेटः २४ घण्टामा थपिए ३४७९ संक्रमित, ६६३६ संक्रमणमुक्त, ९९ जनाको मृत्यु
२३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षण गर्दा ३०२४ जना र ३२६२ एन्टिजेन परीक्षण गर्दा ४५५ जना गरी ३४७९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा ६६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : June 6, 2021 at 4:46 pm





