७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

२३ जेठ, काठमाडाैँ । डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर डेनिस सरकारले एस्ट्राजेनेकाको १४ लाख खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ । डेनिस सरकारले उपलब्ध गराउने खोजका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : June 6, 2021 at 4:36 pm