एमाले नेता रघुजी पन्त अस्वस्थ, उपचारका लागि अस्पताल भर्ना
२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता रघुजी पन्त अस्वस्थ्य हुनुभएको छ । उहाँ अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाइ उपचारका लागि काठमाडाैँ मोडल अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ ।नेता पन्तले गएको मंसिरमा सोही अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो । अहिले उहाँको स्वास्थ्य सामन्य रहेको परिवारले जनाएको छ ।
प्रकाशित मिति : June 5, 2021 at 3:10 pm





