७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कांग्रेसका एजेण्डा बोक्नेसहितका ११ न्यायाधीश संवैधानिक इजलासमा बस्न नमिल्ने !

२१ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतमा फेरि अर्को निवेदन दर्ता भएको छ । कानुन व्यवसायी राजाराम घिमिरेले नेपाली कांग्रेसको एजेण्डा बेकेर इजलाश बहिष्कर गर्नेसहित ११ जना न्यायाधीश संवैधानिक इजलाशमा बस्न नमिल्ने दाबीसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नुभएको छ । सर्वोच्च अदालतमा यसअघिको संवैधानिनक इजलाशमा रहेका दुइ न्यायाधीशले अन्य दुइ न्यायाधीश इजलाशमा बस्दा न्याया नपाउने भन्दै नेपाली कांग्रेससहित कानुन व्यवसयीको माग बमजोमित इजलाश बहिष्कार गर्नुभएको थियो ।

कानुन व्यवसायी घिमिरेले सर्वोच्चका अन्य वरिष्ठतम् न्यायाधीशहरू समेत प्रतिनिधि सभा विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा बस्न नमिल्ने र स्वार्थ बाझिने तर्क पेश गर्नुभएको छ । उहाँले आफैँलाई संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन गर्ने सांसदहरू निवेदक भएको रिट न्यायाधीशहरूले हेर्न नमिल्ने दाबी निवेदनमा गर्नुभएको छ ।

निवेदनमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ  इजलासमा बस्न नमिल्ने बताइएको छ ।

प्रकाशित मिति : June 4, 2021 at 3:19 pm