वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन,नागरिकता सम्बन्धी अध्यादेशको सुनुवाइ हुँदै
२१ जेठ, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएकाे छ । नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएकाे थियाे । सो अध्यादेशविरुद्ध अदालतमा ६ वटा रिट दर्ता भएको छ ।
प्रकाशित मिति : June 4, 2021 at 12:29 pm





