७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङको मृत्यु

२१ जेठ, काठमाडाैँ । पूर्वसांसद विष्णुबहादुर तामाङको कोरोना संक्रमणका कारण निधन भएको छ । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहनुभएको तामाङको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा निधन भएको हो । तामाङ २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : June 4, 2021 at 10:07 am