कोरोनाका कारण न्यायाधीश पाैडेलको निधन
२१ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश पाैडेलको ललितपुरको स्टार अस्पतालमा निधन भएको हो । ५५ वर्षीय पौडेलको केही दिनदेखि स्टार अस्पतालको भेण्टिलेटरमा उपचार भैरहेको थियो ।
प्रकाशित मिति : June 4, 2021 at 9:59 am





