सर्वोच्च अदालतका न्यायाधीशको गुटबन्दी अन्त्य गर्न नियमावली संशोधन हुने
२० जेठ, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशरूको गुटबन्दी अन्त्य गराउन नियमावली संशोधनको तयारी गर्नुभएको छ । झगडियासँगको साँठगाँठमा न्यायाधीशहरूले खुलेआम नियमावली विपरित इजलाश नै बहिष्कार गर्न थालेपछि प्रधान्यायाधीश राणाले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएर नियमावली संशोधनको तयारी गर्नुभएको हो ।
त्यसैका लागि केन्द्रीत गरेर शुक्रबार अदालतको पूर्ण बैठक बोलाइएको छ । संवैधानिक इजलास गठनलगायतका विषयमा झगडियाका पछि लागेर न्यायाधीशहरूले अमुख पार्टीको निर्देशन पालनामा केन्द्रीत भएपछि नियमावली नै संशोधन गरेर विकृत हटाउने तयारी प्रधानन्यायाधीशले गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलास दुइ न्यायाधीशले बहिष्कार गरेपछि विघटन भएको थियो । २३ गते सुनुवाइको मिति तोकिएकाले त्यस अघि नै संवैधानिक इजालास र त्यसालाइ विवादरहित बनाउन प्रधानन्यायाधीशले पहलकदमी लिनुभएको छ ।
प्रकाशित मिति : June 3, 2021 at 8:16 pm





