कोरोना अपडेटः थप ६८२५ मा संक्रमण पुष्टि, ५९०४ संक्रमणमुक्त, ७५ जनाकाे मृत्यु
२० जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ५६२ जनाको पीसीआर परीक्षणमा ५ हजार ८२५ र ३ हजार २११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार जना गरी थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । यस्तै ५९०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७५ जनाकाे मृत्यु भएकाे छ । यसँगै हालसम्म काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ७६३० पुगेकाे छ ।
प्रकाशित मिति : June 3, 2021 at 5:09 pm





