७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

लक्जेमवर्गका लागि गैह्रआवासीय राजदूतमा नियुक्ति

१९ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टरलाईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : June 2, 2021 at 6:01 pm