२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

व्यवसायी शुक्रमान श्रेष्ठले बीस लाख खर्च गरेर दिए त्रिशूली अस्पताललाई भेन्टिलेटर

१९ जेठ, नुवाकोट । विदुर नपा वडा नम्बर ९ निवासी व्यवसायी शुक्रमान श्रेष्ठले त्रिशूली अस्पताललाई भेन्टिलेटर सहितकाे उपकरण प्रदान गरेका छन्। श्रेष्ठ नुवाकोटका स्थापित पुराना व्यवसायी हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अति आवश्यक भेन्टिलेटर सहित उपकरण हस्तान्तरण गरिएको श्रेष्ठका छाेरा सुवर्णमान श्रेष्ठले जानकारी दिनुभयो ।

करिव बीस लाख रकम बराबरको सामाग्री सहित एक उपचार कक्ष निर्माण गरि हस्तान्तरण गरिएकोले दाता शुक्रमान श्रेष्ठ कै नामबाट उक्त कक्षकाे नामाकरण गरिएको अस्पताल प्रशासनले बताएका छन्।

पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको चाप वृद्धिहुँदै गए संगै विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग स्वरुप स्वास्थ्य उपचारका निम्ति आवश्यक सामाग्रीहरु उपलब्ध गराउने कार्य भैरहेको छ।

त्रिशुली अस्पतालमा हाल आइसियू शैया ११ पुगेको छ भने भेन्टिलेटर ७ वटा जडान भएको छ । अस्पतालले रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत उपचार सेवा दिदै आएको छ । कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटिपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आइसियू, एचडियू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ । पछिल्लो सयम सेवा प्रवाह उत्कृष्ट बन्दै गएको छ ।

प्रकाशित मिति : June 2, 2021 at 9:21 am