७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

पहिलो खोप नपाएका नागरिकले जेठ २५ गतेदेखि लगाउन पाउने

१८ जेठ, काठमाडाैँ । सरकारले पहिलो खोप नपाएका नागरिकका लागि यही जेठ २५ गतेदेखि लगाउन दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ गतेदेखि नयाँ खोपको सुरूवात हुने जनाएको छ ।

मन्त्रालयले चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेराेसेल खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने जानकारी दिएको छ । मन्त्रालयले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्ने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो । सो मध्येको नाै लाख डोज खोप आज काठमाण्डौ आइपुगेको छ । एक लाख डाेज भाेलि आइपुग्ने भएकाे छ । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो ।

प्रकाशित मिति : June 1, 2021 at 9:18 pm