त्रिशूली अस्पताललाई जिल्ला सहकारी संघले पनि दियो एउटा आईसीयू बेड
१८ जेठ, नुवाकोट । जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई एक थान विद्युतीय आईसीयू श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको चाप वृद्धिहुँदै गएको छ ।
त्रिशुली अस्पतालमा हाल आइसियू श्यया ११ पुगेको छ भने भेन्टिलेटर ६ वटा जडान गरिएको छ । अस्पतालले रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत सेवा दिदै आएको छ । कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटिपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आइसियू, एचडियू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ । पछिल्लो सयम सेवा प्रवाह उत्कृष्ट बन्दै गएको छ ।
प्रकाशित मिति : June 1, 2021 at 9:01 pm





