बिरामीको उपचामा लाग्ने खर्चकाे विवरण एक हप्ताभित्र सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन
१८ जेठ, काठमाडौँ । सरकारले बिरामीको उपचारवापत लाग्ने खर्चकाे विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने खर्च एक हप्ताभित्र सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।
कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर जस्ता गुनासो आएकाले मन्त्रालयले एक हप्ताभित्र सबै अस्पताललाई बिरामीको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हाे ।
मन्त्रालयले जारी गरेकाे सूचनामा एक हप्ताभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न निर्देशन दिएकाे छ ।

प्रकाशित मिति : June 1, 2021 at 6:14 pm





