काेराेना अपडेटः २४ घण्टामा थपिए ६०८५ संक्रमित, ६८९८ संक्रमणमुक्त, ६८ जनाको मृत्यु
१८ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ जनाको पीसीआर परीक्षणमा गर्दा ५२८५ जना र ३ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०० जना गरी ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ। याेसँगै काेराेना संक्रमणका कारण हालसम्म मृत्यु हुनेकाे संख्या ७४५४ पुगेकाे छ । सोही अवधिमा ६८९८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : June 1, 2021 at 5:13 pm





