७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बाँकेमा थप ७ काेराेना संक्रमितको मृत्यु

१८ जेठ,  बाँके । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ ।  ओलीका अनुसार मृतकमध्ये दुई/दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक/एक गरी सात जना छन् ।

प्रकाशित मिति : June 1, 2021 at 4:11 pm