वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न यस्तो भयो सहमति
१८ जेठ, काठमाडौँ । संवैधानिक इजलास सम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्न प्रधानन्यायाधीश र सर्वोच्च बार एशोसियसनबीच सहमति भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत हुनुभएकाे हाे । छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलास गठनलाई कसरी विवादरहित बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयाे ।
शाक्यले भन्नुभयाे, पटक-पटक यस्ता विवाद आउने गरेकाले दीर्घकालीन समाधान खोज्न वरिष्ठताका आधारमा इजलास गठन गर्ने विषयमा छलफल भएको छ । त्यसका लागि संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२, हेरफेर गरिने वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गरिने भएको हाे । संवैधानिक इजलाशमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने र यसरी तोक्दा कुनै न्यायाधीशको कन्फिल्ट अफ इन्ट्रेस्ट् वा स्वास्थ्यका कारण आफू बस्न नसक्ने भए कारण उल्लेख गरी त्यस पछिको वरिष्ठतामा रहेका न्यायाधीशलाई तोक्ने सहमति भएको बताउनुभयो । नियमावली फुल बेन्चमार्फत एक साताभित्र सच्याएर न्यापरिषदबाट निर्णय गर्ने समझदारी भएको उहाले बताउनुभयाे ।
प्रकाशित मिति : June 1, 2021 at 12:44 pm





