७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँ उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी

१८ जेठ, काठमाडौँ । काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।

कोरोना संक्रमणकाे जोखिम अझै कमी नभएको र संक्रमणदर केही घटेपनि मृत्युदर नघटेकाले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज्ञा थपिएपनि खाद्यान्न पसल खोल्न दिनेलगायत केही क्षेत्रमा सहजीकरण गर्ने भन्ने कुरा भएको छ, आज बस्ने बैठकले थप निर्णय गर्छ पराजुलीले भन्नुभयाे ।’अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ ।

प्रकाशित मिति : June 1, 2021 at 11:53 am