दुई न्यायाधीशले बेञ्च नछाडे अर्का दुईलाई बेञ्च बहिष्कार गर्न कांग्रेसको निर्देशन
१८ जेठ, काठमाडौँ । नेपालको राजनीतिको अनौठो घटनाको प्रभाव सर्वोच्चमा पनि पर्ने देखिएको छ । विगतमा राजनीतिक पार्टीको कोटामा न्यायाधीश भएका केहीले नेविसंघमा राजनीति गरेको जस्तो व्यवहार न्यायालयभित्र प्रदर्शन गर्ने खतार बढेको सूचना दैनिकीले प्राप्त गरेको छ ।
दैनिकीलाई प्राप्त सूचना अनुसार झगडियाहरूले आफूले भने अनुसारका न्यायाधीश संवैधानिक इजलाशमा नराख्ने अवस्था आए हाल इजलाशमा रहेका दुई न्यायाधीशले बेञ्च बहिष्कार गर्ने तयारी गरेका छन । उनीहरूलाई बेञ्च बहिस्कार निम्ति नेपाली कांग्रेसले निर्देशन दिएको छ ।
नेपाली कांग्रेस र माओवादी निकटका कानुन व्यवसायीले मुद्दा जिताइदिने न्यायाधीश राखिदिन माग गरिरहेका छन । उनीहरूले इजलाशमा भएका न्यायधीशद्धय तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलाश छाड्नुपर्ने माग राख्दै विगत दुइ दिनको सुनुवाइन नै प्रभावति पारेका थिए । त्यही माग गर्ने र नेपाली कांग्रेसको निर्देशनमा अन्य दुइ न्यायधीशले इजलाश बहिष्कार गर्ने तयारी गरेका छन ।
न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले बेन्च बहिष्कारको तयारी गरेका हुन । उनीहरूको बेञ्च बहिष्कारले न्यायालयमा गम्भीर अवस्था सिर्जना हुने जानकारहरूले बताएका छन । न्याय प्रशासन ऐन २०७३ को दफा १७९१० अनुसार न्याय सम्पादन कार्यमा अवरोध गरेमा अदालतको अपहेलनाको विषयसमेत आकर्षित हुने भएकाले न्यायपालिकामा गम्भीर दुर्घटनाको बिजारोपण हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति : June 1, 2021 at 10:36 am





