७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

काेराेना अपडेटः २४ घण्टामा थपिए ४७६२ संक्रमित, ६४९१ संक्रमणमुक्त, ११४ जनाको मृत्यु

१७ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १५ हजार ५५ जनाको पीसीआर परीक्षणमा ४१७८ र २४२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण थप ११४ जनाको मृत्यु भएको छ। सोही अवधिमा ६४९१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : May 31, 2021 at 5:54 pm