७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनकाे मतगणना सुरु

१७ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको राष्ट्रिय सभा उपनिर्वाचन मतगणना सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो । यसअघि बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भएका थिए भने तीन जनप्रतिनिधि अनुपस्थित रहेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी हुनुभएन ।

साथै अन्य दुई जना मतदाता बिरामी भएर उपचारका लागि काठमाडौँमा रहेकाले मतदान गर्न नआएका हुन । ३ बजेसम्म मतदानको समय राखिएको छ ।

प्रकाशित मिति : May 31, 2021 at 4:04 pm