भर्चुअलबाट उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने
१७ जेठ, तुलसीपुर । लुम्बिनी प्रदेशमा आज भएकाे राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले बताउनु भयाे । निर्वाचनका लागि दाङको घोराहीमा तीन मतदानस्थल तोकिएको छ ।
प्रकाशित मिति : May 31, 2021 at 11:39 am





