७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

संवैधानिक इजलासका न्यायाधीशमाथि झगडिया वकिलले प्रश्न उठाउन मिल्दैनः संविधानविद् अधिकारी

१७ जेठ, काठमाडौँ । संविधानविद् डा विपिन अधिकारीले संवैधानिक इजलासका न्यायाधीशमाथि झगडिया वकिलले प्रश्न उठाउन नमिल्ने बताउनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीक केन्द्रका वकिलहरूले सर्वोच्च अदालतका न्यायाधीश माथि प्रश्न उठाइरहेको सन्दर्भमा प्रतिक्रिया दिँदै संविधानविद् अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले वकिललाई न्यायाधीशको निष्ठामाथि प्रश्न उठाउने कुनै अधिकार नरहेको स्पष्ट पार्नुभयो । उहाँले न्यायाधीशको निष्ठा माथि प्रधानन्यायाधीश र न्यायपरिषद्ले मात्रै प्रश्न गर्न सक्ने बताउँदै इजलासमा वकिलले निष्ठामाथि प्रश्न गर्नु नै गलत भएको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा विघटन सम्बन्धी रिट र नेकपा एकता बदरसम्बन्धी फैसलाको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो । उहाँले खुला इजलास आफैँमा पारदर्शितामा आधारित हुने भएकाले न्यायधीशको निष्ठामा अनावश्यक प्रश्न गर्नु नाजायन भएको बतनुभयो ।

प्रकाशित मिति : May 31, 2021 at 8:45 am