७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार छैनः सर्वोच्चका पूर्व न्यायाधीश रायमाझी

१७ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीले झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा विभिन्न बहाना देखाएर कांग्रेस र माअाेवादी निकटका कानुन व्यवसायीले इजलाशको दुइ दिन समय खाइदिए पछि पूर्व न्यायाधीश रायमाझीले झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार नै नहुने बताउनुभएको हो ।

कानुन व्यवसायीले प्रश्न उठाएका न्यायाधीशले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न नहुने हो त भन्ने विषयमा रायमाझीले कानुन व्यवसायीले इजलासमा यो न्यायाधीश राख र त्यो नराख भन्न नमिल्ने बताउनुभयो । रायमाझीले यो इजलासमा यो न्यायाधीश राख्न मिल्दैन भनेर प्रश्न गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेकपा विवादको फैसला र अहिलेको फैसलाको कुनै सम्बन्ध छैन । नेकपा फुटको रिस न्यायाधीशमाथि पोख्ने होइन । मुद्दामा झगडियाले मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार छैन । प्रधानन्यायाधीशलाई इजलासमा कुन न्यायाधीश राख्ने स्वविवेक अधिकार रहन्छ ।’

प्रकाशित मिति : May 31, 2021 at 8:35 am