काठमाडौँ उपत्यकामा थपिए १०९३ कोरोना संक्रमित
१६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०४ जना, ललितपुरमा १७६ जना र भक्तपुरमा ११३ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।पछिल्लो २४ घण्टामा देशभरमा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, २४ घण्टामा ६२०५ जना संक्रमणमुक्त भएका छन् । कोराेना संक्रमणबाट २४ घण्टामा थप १०९ जनाले मृत्यु भएकाे छ ।
प्रकाशित मिति : May 30, 2021 at 4:48 pm





