साझा पार्टीका नेता उज्वल थापाको उपचारमा आवश्यक सहयोग गर्ने सरकारको प्रतिवद्वता
१६ जेठ, काठमाडौँ । सरकारले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएकाे छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिनुहुँदै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएकाे छ । उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिनुभएको हो ।
यसका साथै, उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गर्नुभयो । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : May 30, 2021 at 4:19 pm





