संगम साकोसद्धारा आइसियु बेड र पेसेन्ट मनिटर हस्तान्तरण
१६ जेठ, नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बट्टारले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशुली अस्पताललाई आइसियु बेड र पेसेन्ट मनिटर उपलब्ध गराएको छ । नुवाकोट जिल्लामा समेत कोरोनाभाईरसको संक्रमण तीब्र भैरहेको अवस्थामा अस्पतालका लागि सहायोग पुगोस भन्ने हेतुल दुई/दुई थान आइसियु बेड र पेसेन्ट मनिटर हस्तान्तरण गरिएको हो । जापानमा रहनुभएका नवराज बस्नेतको आंशिक सहयोगमा साकोसले बेड उपलब्ध गराएको हो ।
आईतवार विहान थोरै संख्यामा संस्थाका पदाधिकारीहरु र सल्लाहकारहरुको उपस्थितीमा भौतिक दूरी र स्वास्थ्य सुरक्षा अपनाउदै संस्थाका अध्यक्ष नारायण श्रेष्ठ र विदुर नगरपालिमा वडा नं ९ का वडा अध्यक्ष शनि चित्रकारले अस्पतालका म्यानेजर रिकेश रानालाई बेड र मनिटर हस्तान्तरण गर्नुभयो । उक्त सामग्रीको मूल्य करिब ६ लाख रुपैयाँ परेको साकोसका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालका म्यानेजर रानाले अस्पतालमा बेड र मनिटर उपलब्ध गराइदिएको अभार प्रकट गर्नुभयो । हाल अस्पतालमा भेन्टिलेटर र आइसियु गरेर १२ बेड भएको छ । साकोसले यसअघि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर र पानी शुद्धिकरण गर्ने उपकरण सहयोग गरेको थियो ।
प्रकाशित मिति : May 30, 2021 at 3:07 pm





